सबैभन्दा खर्चिलो बलरको रेकर्ड बनाए मोहित शर्माले

IMG-20240425-WA0157.jpg

नयाँ दिल्ली: आईपीएल २०२४-को ४०औं म्याचमा फेरि एकपल्ट रनको वर्षा भयो। यस हाई स्कोरिंग म्याचमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले पराजित गऱ्यो। म्याचमा दिल्ली क्यापिटल्सले पहिला ब्याटिंग गर्दै २२४ रनको विशाल स्कोर बनायो। विपक्षी टीमलाई यति ठूलो स्कोरसम्म पुऱ्याउनमा गुजरात टाइटन्सका पेस बलर मोहित शर्माको ठूलो योगदान रह्यो। विशेषगरी ईनिंग्सको अन्तिम ओभरमा मोहितलाई दिल्लीका कप्तान रिषभ पन्तले पिट्नसम्म पिटेर ३१ रन बनाए। म्याचमा मोहितले ४ ओभरमा ७३ रन खर्च गरी नयाँ रेकर्ड बनाए। मोहित आईपीएल इतिहासको सबैभन्दा खर्चिलो बलर बनेका छन्। एउटा म्याचमा सर्वाधिक रन खर्च गर्ने बलरहरूका सूचीमा उनले बेसिल थम्पीको रेकर्ड तोड़े। थम्पीले २०१८-मा सनराइजर्स हैदराबादबाट खेल्दै रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) विरुद्ध ७० रन खर्च गरेका थिए। यसरी यश दयालले २०२३-मा गुजरात टाइटन्सबाट खेल्दै कलकत्ता नाइट राइडर्स विरुद्ध ६९ र रीस टोप्लेले यसै साल आरसीबी-बाट खेल्दै सनराइजर्स विरुद्ध ६८ रन खर्च गरेका थिए। यतिमात्र नभएर बुधवार राति गुजरातले अन्तिम ५ ओभरमा ९७ रन खर्च गऱ्यो। यो आईपीएलमा अन्तिम ५ ओभरमा खर्च गरिएको दोस्रो सर्वाधिक रन हो। यसअघि २०१६-मा आरसीबी-ले गुजरात लायन्स विरुद्ध ११२ रन बनाएको थियो। यस साल पञ्जाब किंग्सले पनि मुम्बई इण्डियन्स विरुद्ध वानखेड़े स्टेडियममा ९६ रन बनाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *