भारतीय महिला फूटबल टीमकी प्रशिक्षक बन्न तयार छिन् चाओबा देवी

IMG-20240425-WA0150.jpg

नयाँ दिल्ली: आईएम विजयनको अगुवाईमा रहने अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को तक्निकी समितिले बुधवार पूर्व खेलाड़ी लांगम चाओबा देवीको नामको सिफारिश राष्ट्रिय महिला फूटबल टीमकी प्रशिक्षक पदको निम्ति गऱ्यो। चाओबा देवी स्वयं पनि यस जिम्मेवारीलाई निर्वाह गर्न तयार छिन्। उनले १९९९-को एशियन च्याम्पियनशीपमा राष्ट्रिय टीमकी कप्तानी गरेकी थिइन्। चाओबा देवी (५१ वर्ष) भारतीय टीमकी सहायक प्रशिक्षक पनि रहिसकेकी छन्। मणिपुरकी यस खेलाड़ीले १९९८ ब्यांकक एशियन गेम्समा पनि देशको प्रतिनिधित्व गरेकी थिइन्। एआईएफएफ-द्वारा जारी बयानमा भनिएको छ, धेरै सोचविचारपछि समितिले एल चाओबा देवीको नामको सिफारिश भारतीय सीनियर महिला फूटबल टीमका मुख्य प्रशिक्षक पदको निम्ति गरेको छ। उनी पूर्वोत्तरकी एकमात्र महिला प्रशिक्षक हुन्, जसले एएफसी ए लाइसेन्स कोचिंग सर्टिफिकेट हासिल गरेकी छन्। एआईएफएफ-को कार्यकारी समितिले यस सिफारिशलाई आउँदो बैठकमा मञ्जुरी दिनेछ। सिफारिशको अर्थ नै लगभग नियुक्ति तय हुनु हो। समितिले प्रिया देवी र रोनीबाला चानूका नामको सिफारिश क्रमशः सहायक र गोलकीपिंग प्रशिक्षक पदको निम्ति गरेको छ। समितिले पुरुष अण्डर-१६ र अण्डर -१९ टीमका प्रशिक्षकको नियुक्तिमाथि पनि चर्चा-परिचर्चापछि केही नामहरूका सिफारिश गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *