६ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा शनिवार भएको हाई स्कोरिंगह म्याचमा आईआरबीएन पिप्लेले सजिलै जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा आईआरबीएन पिप्ले-ले वूल्भ्स स्पोर्टिंग क्लब (यांगथांग)-लाई ८-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सांगे भूटिया र अभि राईले ह्याट्रिक गरे। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।