कोचबिहार: काेचबिहारको ब्लक नम्बर २ को उत्तरी खगराबारी इलाकाबाट एउटा मध्यम उमेरको विशाल कछुवा फेला परेको छ। कछुवा हेर्नका लागि जिल्लाभरका मानिसहरुको भीड लागेको छ। आज पोखरीमा माछा मार्न गएका केही स्थानीय युवाहरुको नजर कछुवामा परेको थियो। कोचबिहारको बानेश्वर इलाकाबाट कछुवा तस्करीको गुनासो पटक पटक आएको छ। उक्त स्थानबाट कछुवा बचाउन स्थानीयवासीले वन विभागलाई खबर गरेपछि कछुवालाई वन विभागलाई बुझाइएकाे छ।

उद्धार गरिएको कछुवालाई बानेश्वरको शिवदिघीमा छाड्ने बताइएको छ।