१०५औं हर्ली मेमोरियल कपः दार्जीलिङ डायनामो र डोंग्री एफए क्वार्टर फाइनलमा

IMG_20220806_193151.jpg

६ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा शनिवार दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा दार्जीलिङ डायनामोले तरुण खेलकुद संघलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्रज्वल तामाङले छिराए। यसरी नै दोस्रो म्याचमा गान्तोकको डोंग्री एफए-ले सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रिन्छेन लेप्चाले २ गोल गरे। यसबाहेक प्रज्वल राई र साहिल राईले १-१ गोल गरे। एसएमकेपी-बाट फरमान अनसारी र अनिकेत एक्काले १-१ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement