सिलगढी: भाजपा दार्जीलिङ विभागका सांगठनिक सचिव बिजनबारी परबुङ बस्ती सुम्बुकका अरुण प्रधानको निजी गाडीबाट पुलिसले आठ लाख पचास हजार रुपियाँ बरामद गरेको छ। अरुण प्रधान पनि सोही गाडीमा थिए। यति बढी रकमको बारेमा जानकारी लिन प्रयास गर्दा अरुण प्रधानले राम्ररी बताउन नसकेको हुँदा पुलिसले उनलाई पक्राउ गरेको थियो। यो पैसा कहाँबाट आयो र उनले किन आफूसँग राखेको भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ। आदर्श आचार संहिता (MCC) देशभर लागू भएको छ। निर्वाचन आयोगले ५० हजारभन्दा कम नगद बोक्न प्रतिबन्ध नरहेको, तर ५० हजारभन्दा बढी नगद बोक्न कागजात बोक्नुपर्ने स्पष्ट पारेको छ। पछि अरुण प्रधानलाई पीआर बोन्डमा रिहा गरेको समाचार विशेष स्रोतबाट जानकारी प्राप्त भएको छl
