इभिएम मेसिन र अन्य सामान लिएर मतदान कार्यकर्ताहरू मतदान केन्द्रतर्फ प्रस्थान

IMG-20240425-WA0091.jpg

सिलगढी: लोकतन्त्रको महान पर्वको दोस्रो चरणमा भोलि पश्चिम बंगालका ३ सिटसहित देशका ८८ लोकसभा केन्द्रमा मतदान हुँदैछ। भोलि दार्जिलिङ, रायगञ्ज र बालुरघाट लोकसभा निर्वाचन क्षेत्रहरूमा दोस्रो चरणको मतदान हुँदैछ।दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रको स्तरिय मतदान केन्द्र अर्थात् डिसिआरसि सिलिगुडी कलेजमा स्थापना गरिएको छ। सिलगढी कलेजमा बिहानैदेखि मतदान कर्मचारी आउन थालेका छन्। इभिएम मेसिन लगायतका सामानको चेकजाँच गरेपछि उनीहरु मतदान केन्द्र तर्फ लागेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement