६ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशन (Kalimpong Sports Association)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। मेला ग्राउण्डमा आज भएको पहिलो म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले मनजीत फूटबल एकाडमीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा शेयर एफसी-ले नयाँ बजार एफसी-लाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।