ईंग्लिश प्रीमियर लीगः एभर्टन विरुद्ध हारले लिभरपूललाई ठूलो धक्का

IMG-20240425-WA0114.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा खिताब जित्ने होड़मा सामेल लिभरपूललाई ठूलो धक्का लाग्यो। यसरी म्यानचेष्टर युनाइटेडले चाहिँ आफ्नो म्याचमा जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा लिभरपूललाई एभर्टनले २-०-ले पराजित गऱ्यो। यस निराशाजनक हारले गर्दा लिभरपूल खिताब जित्ने होड़मा पछाड़िन पुग्यो। प्रीमियर लीगमा यो उनीहरूको गत तीनवटा म्याचमा दोस्रो हार हो। एभर्टनको होम ग्राउण्ड गूडिसन पार्कमा ७७ प्रतिशत बल पोजेशनको साथ खेले पनि लिभरपूलले म्याच जित्न सकेन। विजेता टीमबाट जार्राड ब्रान्थवेटले २७औं र डोमिनिक काल्वर्ट-लेविनले ५८औं मिनटमा गोल गरे। यो एभर्टनको आफ्नो होम ग्राउण्डमा लिभरपूल विरुद्ध अक्टोबर २०१० पछि यो पहिलो जीत हो। त्यस समय पनि एभर्टन २-०-ले विजयी भएको थियो। यस हारपछि पनि लिभरपूल ३४ वटा म्याचमा ७४ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो तर उनीहरू चाँड़ै तेस्रो स्थानमा झर्ने तय छ। यसरी 16औं स्थानमा रहने एभर्टनसँग ३४ वटा म्याचा ३३ पोइण्ट्स रहेको छ।
यसरी म्यानचेष्टर युनाइटेडले आफ्नो होम ग्राउण्डमा शेफील्ड युनाइटेड विरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। घरेलु समर्थकहरूले भरिएको ओल्ड ट्रेफर्ड स्टेडियममा ७२ प्रतिशत पोजेशनको साथ खेल्दै शुरुमै गोल खाए पनि युनाइटेडले लगातार गोल हासिल गरी म्याच जित्यो। विजेता टीमबाट ब्रूनो फर्नाण्डेजले ६१औं र ८१औं मिनटमा २ गोल गरे। यसबाहेक हेरी मागुइरेले ४२औं र रासमस होलण्डले ८५औं मिनटमा गोल गरे। यसरी शेफील्ड युनाइटेडबाट जेडन बोग्लेले ३५औं र बेन ब्रेरेटन डिआजले ५०औं मिनटमा गोल गरे। युनाइटेडको यो गत पाँचवटा म्याचमा पहिलो जीत हो अनि यसको साथै टीम ३३ वटा म्याचा ५३ पोइण्ट्सको साथ छैटौं स्थानमा पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा क्रिस्टल प्यालेसले न्यूक्यासललाई २-०-ले अनि बोर्नमाउथले वूल्भ्सलाई १-०-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *