टी२० वर्ल्ड कपका ब्राण्ड एम्बसेडर (दूत) बने उसेन बोल्ट

IMG-20240425-WA0068.jpg

दुबई: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले महान धावक उसेन बोल्टलाई १-देखि २९ जूनसम्म वेष्ट इण्डिज र अमेरिकामा खेलिने आउँदो टी२० वर्ल्ड कपको ब्राण्ड एम्बसेडर नियुक्त गऱ्यो। जमैकामा जन्मिएका बोल्टले २००८-को बेजिंग ओलम्पिकमा इतिहास रचेका थिए, जहाँ उनले वर्ल्ड रेकर्ड समयको साथ १०० मीटर, २०० मीटर र ४ गुणा १०० मीटरको रिले दौड़मा खिताब जितेका थिए। बोल्टको नाममा अहिले पनि १०० मीटर, २०० मीटर र ४ गुणा १०० मीटर दौड़मा क्रमशः ९.५८ सेकेण्ड, १९.१९ सेकेण्ड र ३६.८४ सेकेण्डको समयसहित वर्ल्ड रेकर्ड रहेको छ। बोल्ट आउँदो टी२० वर्ल्ड कपको आयोजन र आफ्नो नयाँ भूमिकालाई लिएर उत्साहित छन्। आईसीसीद्वारा जारी विज्ञप्तिमा बोल्टले भनेका छन्, म आउँदो आईसीसी टी२० वर्ल्ड कपको एम्बसेडर बनेर रोमाञ्चित छु। क्यारेबियन देशहरूमा क्रिकेट जीवनको एउटा हिस्सा हो अनि यस खेलको निम्ति मेरो हृदयमा एउटा विशेष स्थान रहेको छ। म वर्ल्ड कपमा वेष्ट इण्डिज टीमलाई समर्थन गर्नेछु। यस खेललाई अमेरिकामा ल्याउनु ठूलो कुरा हो। यो विश्वको सबैभन्दा ठूलो बजार हो। टी२० वर्ल्ड कपले हामी सबैमा ल्याउने ऊर्जाले २०२८-मा एलए ओलम्पिकमा क्रिकेटलाई सामेल गर्ने दिशामा ठूलो अवसर बनाउनेछ। टी२० वर्ल्ड कपको ब्राण्ड एम्बसेडरको रूपमा बोल्टले यस आयोजनको प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। यसको शुरुवात आउँदो हप्ता दिग्गज कलाकार सीन पल र कीस-को साथ कार्यक्रमको आधिकारिक गीत केमियो-को रिलीजको साथ हुनेछ। आईसीसीका मुख्य कार्यकारी अधिकारी ज्योफ एलार्डिसले भने, बोल्ट एकजना वैश्विक आइकन हुन् अनि उनलाई टी२० वर्ल्ड कपमा एम्बसेडरको रूपमा सामेल गरेर रोमाञ्चित छौं। क्रिकेट प्रति उनको पागलपन सबैले देखिसकेका छन्, जसले उनलाई यस भूमिकाको निम्ति उपयुक्त बनाउँछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *