सीएसके-बाट खेल्दै १००० रन पूरा गरे दुबेले

IMG-20240425-WA0000.jpg

चेन्नई: इण्डियन प्रीमियर लीग (आईपीएल)-मा चेन्नई सुपर किंग्स (सीएसके) का अलराउण्डर शिवम दुबेले यस फ्रेञ्चाइजीबाट खेल्दै आफ्नो १००० रन पूरा गरे। दुबेले मंगलवार राति चेपक स्टेडियममा लखनऊ सुपर जाइण्ट्स (एलएसजी) विरुद्ध आफ्नो अर्द्धशतकीय ईनिंग्सको गोरेटोमा यस उपलब्धिलाई हासिल गरे। म्याचमा उनले २७ बलमा ६६ रन बनाए, जसमा सातवटा छक्का र तीनवटा चौका सामेल छ। साल २०२२-मा सीएसके-मा सामेल भएपछि दुबेले ३५ वटा म्याचको ३३ वटा ईनिंग्समा ३७.७०-को औसत र १६१.०८ को स्ट्राईक रेटले १०१८ रन बनाएका छन्। यसमा ८ वटा अर्द्धशतक सामेल छ। यो आँकड़ा उनले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) – बाट खेल्दै १५ वटा म्याचमा बनाएको १६९ रन र राजस्थान रोयल्सबाट खेल्दै ९ वटा म्याचमा बनाएको २३० रनभन्दा धेरै असल रहेको छ। आईपीएल र अहिले बन्द भइसकेको च्याम्पियन्स लीग टी२० प्रतियोगितामा यस फ्रेञ्चाइजीको निम्ति १००० रन बनाउने १४ जना ब्याटरहरूमा एकमात्र दुबेको स्ट्राईक रेट १४० भन्दा अधिकको रहेको छ। उनको निकटतम प्रतिद्वन्द्वी एमएस धोनी (१३८.९८) र सुरेश रैना (१३८.९१) हुन्। ब्याटिंग औसतको मामिलामा पनि उनी अघि केवल माइकल हसी (४०.९८), वर्तमान कप्तान रुतुराज गायकवाड़ (४१.२६) र धोनी (३९.४३) रहेका छन्। आईपीएलको इतिहासमा सबैभन्दा तेज १००० रनसम्म पुग्ने रेकर्ड शन मार्शको नाममा रहेको छ, जसले केवल २१ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। दुबेले आफ्नो विध्वंशी लयको साथ यस साल हुने टी२० विश्व कपको निम्ति भारतीय टोलीमा स्थान बनाउने दावेदारी पेश गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *