शीर्ष ऱ्याङकिंगमा कायम रहे सूर्यकुमार

IMG-20240424-WA0297.jpg

दुबई: टी२० अन्तर्राष्ट्रिय ब्याटरहरूका ऱ्याङकिंगमा भारतका स्टार ब्याटर सूर्यकुमार यादव ८६१ रेटिंग अंकको साथ शीर्षमा कायम रहेका छन्। आईसीसीद्वारा बुधवार जारी ताजा ऱ्याङकिंगमा ईंग्ल्याण्डका फिल सल्ट ८०२ रेटिंग अंकको साथ दोस्रो स्थानमा रहेका छन्। टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेज ३ हजार रन बनाउने पाकिस्तानका विकेटकीपर ब्याटर मोहम्मद रिजवानलाई चाहिँ ऱ्याङकिंगमा कुनै फाइदा भएन अनि ८०० रेटिंगको साथ तेस्रो स्थानमै रहेका छन्। दक्षिण अफ्रिकाका एडम मार्करम (७५५ रेटिंग) एक स्थान अघि बढेर चौथो स्थानमा पुगेका छन्। मार्करमको उत्थान पाकिस्तानका कप्तान बाबर आजमलाई चाहिँ नोक्सान भएको छ अनि एक स्थान झरेर पाँचौं स्थानमा पुगेका छन्। भारतका ओपनिंग ब्याटर यशस्वी जयसवाल ७१४ रेटिंगको साथ छैटौं स्थानमा छन्। बलरहरूका ऱ्याङकिंगमा ईंग्ल्याण्डका आदिल रशिद ७२६ रेटिंग अंकको साथ शीर्षमा रहेका छन्। चोटले गर्दा आईपीएलमा हिस्सा लिन नसक्ने श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा ६८७ रेटिंगको साथ दोस्रो र वेष्ट इण्डिजका अकील होसेन ६६४ रेटिंगको साथ तेस्रो स्थानमा छन्। भारतका स्पिनर अक्षर पटेल (६६०) र श्रीलंकाका महीश तीक्ष्णा (६५९) पनि शीर्ष पाँचमा सामेल छन्। आईपीएलमा लखनऊ सुपर जाइण्ट्सबाट खेलिरहेका भारतका रवि बिश्नोई (६५९) पनि शीर्ष दशमा सामेल छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *