मत्स्य पालन निदेशालय पूर्ण विभागको रूपमा स्तरोन्नति

n6030623081713979475932d69511838c241d6a64689f00c464a31e4dc9d64b9d5dededdf48bd1d1a93e0b2.jpg

गान्तोक: सिक्किम सरकारको मत्स्य पालन निदेशालयलाई मार्च २०२४ मा पूर्ण विभागको रूपमा स्तरोन्नति गरेपछि पहिलो विभागीय समन्वय एवं बजेट पर्व बैठक आयोजन गरियो। उक्त महत्वपूर्ण कार्यक्रमको अध्यक्षता मत्स्य पालनकी सचिव रोशनी राईले गरेकी थिइन्।

बुधवार पाल्जोर स्टेडियम नजिक मत्स्य पालन विभागको सम्मेलन हलमा आयोजित बैठकमा मत्स्यपालन क्षेत्रलाई बलियो बनाउन र दिगो विकासलाई बढावा दिन बल दिएको छ।

बैठकमा सचिव रोशनी राईले सिक्किममा मत्स्य उद्योगलाई अगाडि बढाउन विभागको अटल समर्पणमा जोड दिइन्। राज्यको जलीय स्रोतको अपार सम्भावनालाई सदुपयोग गर्ने दृष्टिका साथ सचिव राईले स्थानीय माछापालकहरूको सशक्तिकरण, उत्पादकत्व वृद्धि र वातावरणीय व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले प्रगतिशील नीति र पहलहरू कार्यान्वयन गर्ने विभागको संकल्प दोहोर्याइन्।

बैठकमा भएको रचनात्मक छलफलमा मत्स्यपालन निर्देशक केके श्रेष्ठ, मत्स्यपालन संवर्गका सबै जिल्ला प्रमुख, प्रशासन, लेखा तथा अभियान्त्रिकी शाखाका अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकमा आईटी विभागका प्रतिनिधिहरूको पनि उपस्थिति थियो जसले विभागमा ई-कार्यालय शुरु गर्न बहुमूल्य अन्तर्दृष्टि प्रदान गरे।

बैठकमा प्रधानमन्त्री मत्स्य सम्पदा योजना जस्ता विभागमा चलिरहेका योजनाहरू र पर्यावरण व्यवस्थापन योजना अन्तर्गत गरिएका परियोजनाहरूका बारेमा सम्बन्धित नोडल अधिकारीहरूले प्रस्तुतीकरण दिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *