गान्तोक जिल्लामा प्रयोगमा नल्याइएका अनि अस्विकृत इभीएम मशिनहरू सिलबन्द

IMG-20240424-WA0291.jpg

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न १८औं लोकसभा र ११औं राज्य विधानसभा चुनाउमा गान्तोक जिल्लाका मतदान केन्द्रहरूमा प्रयोगमा नल्याइएका इभीएम (इलेक्ट्रोनिक भोटिङ मशिन) र भीभीप्याट मशिनहरूलाई अलग गरेर सिलबन्द गर्ने काम आज विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा अतिरिक्त जिल्लापील रोहन अगरवाल, अतिरिक्त जिल्लापाल (मुख्यालय) मिलन राई, निर्वाचन विभाग, गान्तोकका उपनिर्देशक कर्मा वाङ्गेल भोटिया साथै अन्य सम्बन्धित अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, प्रयोगमा नल्याइएका इभीएम र भीभप्याट मशिनलाई पनि प्रयोग गर्न नपरेका तथा खराब अवस्थामा रहेका तथा अस्विकृत मशिनहरू अलग अलग गरेर सिलबन्द गरिएको छ। प्रयोगमा नल्याइएका मशिनहरू ती मशिनहरू हो जसलाई चुनाउको क्रममा प्रयोग गर्न परेन र अस्विकृत मशिनहरू ती मशिनहरू हो जुन मशिनहरू प्रयोगको क्रममा खराब भएका थिए। चुनाउ निस्पक्ष होस भन्ने उद्देश्यले भारतको निर्वाचन आयोगको निर्देशनमा यसरी प्रयोगमा नल्याइएका र अस्विकृत मशिनहरूको जानकारी चुनाउमा भाग लिएका विभिन्न राजनीतिक दललाई उपलब्ध गरिइनेगर्छ।

आज जिल्लापाल कार्यालयमा भएको यस विशेष प्रक्रियामा गत चुनउमा भाग लिएका विभिन्न राजनीतिक पार्टीका सदस्यहरूले उपस्थिति जनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *