नेपाल कराँते खेलका राष्ट्रिय प्रशिक्षक काजी राणाले गरे सिक्किमको नीतिलाई लिएर प्रशंसा

IMG-20240424-WA0290.jpg

गान्तोक: सिक्किम भ्रमणमा आएका नेपाल कराँते खेलका राष्ट्रिय प्रशिक्षक काजी राणाले खेलको विकासमा सिक्किम सरकारले बनाएको कार्य नीतिलाई खुलेर सराहना गरेका छन्। सिक्किमका कराँते खेलाड़ीहरुसंग अन्तरक्रिया गर्ने क्रममा उनले युवा खेलाडीहरुका लागि सरकारद्वारा नै प्रशिक्षक नियुक्ति गर्नु खेल विकासको लागि प्रभावी पहल रहेको बताए। जापान गोजू ऱ्यू कराँते मिशन एसोशिएशन, नेपालका संस्थापक अध्यक्ष अनि संस्थापक प्रशिक्षक राणाले सिक्किमका खेलाड़ीहरुसित आफ्ना अनुभवहरु साझा गरे। उऩले भने, खेलको क्षेत्रमा सिक्किम राष्ट्रिय अनि अन्तर्राष्ट्रियस्तरमा राम्रो पहिचान बनाएको छ। भारतीय सेनाका पूर्व अधिकारी समेत रहेका राणाले खेलको क्षेत्रमा सेनाभन्दा चार गुणा अधिक अनुशासन पालन गर्नुपर्ने उल्लेख गरे। सरकारनै अघि आएर खेलप्रति गम्भीर बन्नु खेलाड़ीहरुका लागि सकारात्मक पक्ष , उनले भने। उनले सिक्किम स्टेट कराँते डो एसोसिएसनका अध्यक्ष विजय गुरुङ, महासचिव भीमबहादुर सुब्बा र स्टेट कोच विधान वल्लभ सुब्बाको टोलीसित कराँते खेलको आधुनिक तकनिकीबारे चर्चा गरे। राज्य सरकारले यसअघि, प्रशिक्षक राणालाई एसोसिएशनको पक्षबाट स्वागत गरियो। एसोसिएशनका पदाधिकारीहरुले उनलाई पाल्जोर स्टेडियमस्थित जिम्नाजिम हलमा सञ्चालित कराँते प्रशिक्षक केन्द्रको भ्रमण गराए। यसका साथै, ताइक्वान्डो, व्याडमिन्टन र बास्केटबल केन्द्रको पनि भ्रमण गर्दै खेलाड़ीहरुसंग भेट गरे। यसबीच प्रशिक्षक काजी राणालाई स्थानीय एक होटलमा स्वागत गरियो। जहाँ नेपाल र सिक्किमका खेलाड़ीहरुलाई समेटेर भविष्यमा गर्ने कार्यक्रमबारे छलफल गरियो। यसक्रममा राणालाई एसोसिएसनको तर्फबाट स्मृति चिन्ह प्रदान गरिएको थियो। उल्लेख्य, नेपालका राष्ट्रिय कराँते प्रशिक्षक काजी राणा भारतीय सेना व्ल्याक क्याट डिभिजनका पूर्व कमान्डो पनि हुन्। उनी व्ल्याक क्याट डिभिजनमा कराते खेलका संस्थापक पनि हुन्। उनकै नेतृत्वमा सेनाले राष्ट्रिय अनि अन्तर्राष्ट्रियस्तरमा धेरै ख्याति हासिल गरेका थिए। अवकाशग्रहणपछि सेनाका खेलाड़ीहरुलाई तकनिकीय परामर्श प्रदान गर्दै आएको जानकारी गराए। कराटे लगायत अन्य खेलहरुमा भविष्य राम्रो बनाउन सक्ने उल्लेख गरे। यसका लागि सरकारसंगै निजी कम्पनीहरुको सहकार्य आवश्यक बन्ने जिकिर गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *