रोमाञ्चक जीतको साथ ब्राइट स्पोर्टिंग क्लब सेमिफाइनलमा

IMG_20220806_192038.jpg

६ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार टाईब्रेकरमा रोमाञ्चक जीतको साथ ब्राइट स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो । स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको पहिलो क्वार्टर फाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लबले नेताजी युथ क्लब (सेभोक)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब आइतवार खेलिने म्याचमा सिलगढ़ी युनाइटेड एफसी र आयोजक सालुगढ़ा नेत्र बिन्दु संघबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement