गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति सोरेङ जिल्लाले ढाक घरबाट कूल ११ वटा पोस्टल व्यालेट प्राप्त गरेको छ। आज प्राप्त गरेको ११ वटा पोल्टल व्यालेट ढाक घरका अधिकारीहरूले नोडल अधिकारी रजनी पेगालाई जिल्ला प्रशासनिक केन्द्रका अधिकारी,चुनाउ एजेन्ट साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुम्पिएको छ। भारतीय निर्वाचन आयोगको नियम अनुसार पोस्टल व्यालेटद्वारा गरिएको मतदान मिति अनुसार छुट्टाइएको र त्यसपछि अतिरिक्त जिल्लापाल धिराज सुवेदी, महकुमा अधिकारी गिदेन लेप्चा, जिल्ला प्रशासनिक केन्द्रका अधिकारी, चुनाउ एजेन्ट र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङरूमा राखिएको जानकारी गराइएको छ।