आइटीबीपीको पहलमा लिङदोममा सर सफाई कार्यक्रम आयोजित

IMG-20240424-WA0287.jpg

गान्तोक: आइटीबीपी १३औ बटालियनको पहलमा लिङदोममा सर सफाई कार्यक्रम आयोजना गरिएको जानकारी गराएको छ। उल्लेखनीय छ, आइटीबीपीले प्रत्येक महिना लिङदोम वरिपरि सर सफाई कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस सरसफाई कार्यक्रम अन्तर्गत राष्ट्रपिता महात्मा गान्धीको सपना स्वच्छ भारत अभियानबारे स्थानीय जनतालाई सचेत गराउनु रहेको छ। मासिक सरसफाई अभियानलाई निरन्तरता दिदै गत हिजो युनिट नजिकै रहेको रान्का गुम्बामा एकाइका कर्मचारीहरुद्वारा सरसफाई अभियान गरिएको थियो। सरसफाई अभियानमा एकाइका कर्मचारी र नागरिकको सहभागिता रहेको थियो। कमाण्डेन्ट समरबहादुर सिंहको निर्देशनमा नागरिकलाई कोदोको प्रयोग, हरित ऊर्जाका फाइदा र पोलिथिन निषेधका बारेमा सचेत गराइएको थियो। जसरी हामी आफ्नो घर सफा गर्छौं, त्यसैगरी आफ्नो वरपरको वातावरण सफा राख्नु हाम्रो दायित्व हो।

फोहोर, पोलिथिन आदि तोकिएको ठाउँमा मात्र फाल्नुपर्छ। यस किसिमको स्वच्छ आचरणबाट हामीले आफ्नो वातावरण सफा राखेर फोहोरबाट हुने विभिन्न रोगबाट आफूलाई बचाउन सक्नेछौं,कमान्डेन्टले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *