सलमान खानमाथि हमला गर्ने योजना विफल

cats.jpg

मुम्बई: बिश्नोई गुटका शूटरहरूले ईदमा सलमान खानलाई उनको पनवेल फार्महाउसमा मार्ने योजना बनाएका थिए। यो प्लान यसैले सफल हुन सकेन किनभने सलमानले ईद सेलिब्रेट गर्ने स्थान अन्तिम समयमा बदलेका थिए।सलमानको आवासमा भएको हवाई गोलीबारीको छानबीनमा पक्रा परेका आरोपितहरूसित भएको सोधपुछमा यसको खुलासा भएको छ। शूटर विक्की गुप्ता र सागर पालले पुलिसलाई सोधपुछमा बताए, पहिले सलमानको फार्महाउसमा हमला गर्ने योजना बनाइएको थियो। यसैले गर्दा आऱोपितहरूले खानको फार्महाउसदेखि लगभग ७ किलोमीटर टाढ़ा पनवेलको हरिग्राम गाउँमा एउटा घर पनि भाड़ामा लिएका थिए।
पनवेल स्थित फार्महाउसमा आवाजाही गर्न दुवै शूटरले २० हजार रूपियाँमा सेकेन्ड ह्याण्ड बाइक पनि किनेका थिए र धेरै पल्ट फार्महाउस बाहिर रेकी गरेका थिए। सलमानले आफ्नो पूरा परिवारको साथ आफ्नो पनवेल फार्महाउसमा ईद सेलिब्रेट गर्छन्। यस साल उनले आफ्नो फार्महाउसमा ईद पार्टी रद्द गरेका थिए। सलमान आफ्नो पूरा परिवारको साथ आफ्नो गेलेक्सी अपार्टमेन्टमा मुम्बईमा थिए। यसपछि पूरा खान परिवारले एकसाथ सलमान खानको भाईको घरमा ईद मनाएका थिए। जब दुवै शूटरले यसको जानकारी पाए तब दुवैले त्यही दिन सलमानको निवास क्षेत्रको निगरानी गरेका थिए।
पुलिस टीमले यस मामिलामा आऱोपितहरूको फोन कलको पनि जाँच गरिरहेछ। यस अवधि आरोपितहरूले कससित सम्पर्क गरेका थिए, यसको पनि छानबीन गरिन्दैछ। आरोपितहरूसित सोधपुछमा थाहा लागेको छ कि यिनीहरूले इन्टरनेट कलिङको माध्यमले अनमोल बिश्नोईसित कुरा गरिरहेका थिए। जब शूटरहरूको यो योजना विफल भयो तब यिनीहरूले अलग योजना बनाए औं १४ अप्रेलमा बिहान सलमानको बान्द्रा स्थित गेलेक्सी अपार्टमेन्ट सामू गोलीबारी गरे। यसपछि आरोपित गुजरात भागेका थिए र पिस्तौल सूरतमा तापी नदीमा फ्याँकेका थिए। सोमवार मुम्बई पुलिसको टीमले सूरतमा तापी नदीमा मछुआराहरूको सहयोगले घटनामा प्रयुक्त पिस्तौललाई खोज्ने प्रयास गऱ्यो तर पिस्तौल भेटाउन सकिएको थिएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *