खोप्रेलदेखि छोटाटिङलिङ जाने बाटोमा पैह्रोले समस्या

0IMG-20220806-WA0093

पानीघट्टा: शुक्रबार रातभरी परेको मुसलधारे पानीको कारणले खोप्रेलदेखि छोटाटिङलिङ जाने रोडको मुनिलो भागबाट नै पैह्रो झर्नाले गाडीहरूको यतायातमा समस्या भएको छ। उक्त रोडको त्यसै पनि नाजुक स्थिति थियो भने पैह्रोले गर्दा खोप्रेलदेखि टिङलिङ जाने गाडीहरूलाई झनै समस्या भएर गोएको छ। उक्त रोडको ठेकादार मणिकुमार राईले जनाएअनुसार रोड निर्माण भएको समयदेखि नै आफूले रोडको रेखदेख गर्दै आइरहेको तरै पनि यो पानी झरीको मौसममा सडक बिग्रिएको छ भन्दै शुक्रबार पनि मुसधारे पानीले लाली गोलाईको ठूलो वलबाट पैह्रो झर्नाले समस्या भएको बताए। गाडीहरूको आउजाउलाई ध्यानमा राखेर पैह्रोको केहि माथिबाट अस्थायी रोड बनाएर गाडी छिर्ने मात्र बनाएको उनले बताए। उनले भने, ‘यो रोड पीएमजीवाईएसबाट निर्माण भएको हो। मरम्मत्ती कार्य गर्नुमा जीटीएको कतिपय समस्याका कारणले ढिलाई भइरहेको छ। जीटीएको सम्बन्धित विभागले यथाशीघ्र पहल गरिदिन्छ भन्ने आशा छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *