ह्वासिन नारायणी सिमेन्ट परियोजनाका निम्ति साढे ६ अर्ब थप लगानी स्वीकृत

IMG-20240423-WA0009-1

झापा (नेपाल): अप्रेल २८-२९ (वैशाख १६ र १७) आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने ‘सोकेस’परियोजनाहरूको सूची स्वीकृत भएको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा  बसेको बोर्डको ५८औँ बैठकले सम्मेलनमा प्रस्तुत हुने १४८ वटा परियोजना स्वीकृत गरेको हो। बैठकले सम्मेलनमा आशयपत्र आह्वान गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची पनि स्वीकृत गरेको छ।

सम्मेलनको सचिवालयसमेत रहेको लगानी बोर्डका कार्यालयले सोकेसका रूपमा राखिने परियोजनालाई निजी क्षेत्रबाट प्रस्तुत हुने, विस्तृत लगानी सम्झौता भइसकेका, स्थानीय तहबाट प्रस्तावितलगायत शीर्षकमा वर्गीकरण गरेर सम्बन्धित मन्त्रालय तथा निकायसमेत उल्लेख गरेको छ। सम्मेलनका क्रममा लगानीकर्तालाई यी परियोजनाका लागि लगानी आह्वान हुनेछ। बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि थप छ अर्ब ६३ करोड ४० लाख रुपियाँ लगानी स्वीकृत गरेको छ। त्यस्तै बैठकले डाबर नेपालको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि नौ अर्ब ६८ करोड रुपियाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको थियो। डाबरको प्रस्ताव अनुसार   सो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भएकाले मूल्यांकनपछि वार्ता प्रक्रिया अगाडि बढाएको बोर्डले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष प्रचण्डले सम्मेलनलाई नतिजामुखी बनाउन निर्देशन दिए। सम्मेलन औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै उनले सम्मेलनमा प्रस्तुत गरिने परियोजना इच्छासूचीका रूपमा मात्र हुन नहुने बताए। स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपुँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूलाई विशेष एकाइ नै बनाएर अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए । सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र देशको समृद्धि हासिल हुने भएकाले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव भएकाले लगानी अवरोध हटाउन कानुन संशोधनको कार्य अगाडि बढाएको उनले जानकारी दिए। बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयन अवस्था एवं लगानी सम्मेलनको तयारीका विषयमा जानकारी गराएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *