गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखि तलब  पाएका छैनन्  

IMG-20240424-WA0011

झापा (नेपाल): झापाको बिर्तामोड स्थित गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखि तलव नपाएको बताएका छन्। चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको मजदूरहरुले दु:खेसो पोखेका छन्। चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२-१२ दिनमा पाउँदै आएको तलव सुविधा नपाएको गुनासो गरेका छन्। २ महिना ३ दिन बितिसक्यो, चिया मजदुरले भने, ‘बिहान बेलुका छाक टार्न कठिनाई भइसक्यो। चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन्। साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाइ  छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *