बालुरघाट: लगभग ७० परिवार तृणमूल छाड़ेर भाजपामा सामेल भएका छन्। घटना दक्षिण दिनाजपुर जिल्लाको बालुरघाटको हो। भाजपाका प्रदेश अध्यक्ष सुकान्त मजूमदारले बुधवार बिहान बालुरघाटस्थित भाजपा जिल्ला कार्यालयमा तृणमूल कार्यकर्ताहरूलाई पार्टीको झण्डा देखाएर स्वागत गरे। यस अवसरमा भाजपा जिल्ला अध्यक्ष स्वरूप चौधरी, जिल्ला महासचिव बापी सरकार तथा अन्यहरू उपस्थित थिए। उक्त दिन तपन ब्लकका धेरै परिवार तृणमूल त्यागेर भाजपामा सामेल भए। अर्कोतिर, बालुरघाट शहरका धेरै नयॉं मतदाता पनि भाजपालमा सामेल भएका छन्। जिल्ला भाजपा कार्यालयमा तृणमूल समर्थक अतिरिक्त बालुरघाट वार्ड नम्बर ९ का नयॉं मतदाता भाजपामा समोल भएका छन्।
About Author
Post Views: 20