‘खै गोर्खाल्याण्ड?’ श्याम गौतमले उठाए प्रश्न

WhatsApp-Image-2024-04-24-at-18.02.37

दार्जीलिङ: ‘खै गोर्खाल्याण्ड?’, भन्दै भाजपाको नेतृत्वहरूमाथि श्याम गौतमले प्रश्न गरे। कालेबुङको डम्बर चोकमा आईएनडीआईए गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डा. मुनिष तामाङको पक्षमा चुनाव प्रचारको लागि पथ सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले विगतका दिनमा कालेबुङको मेला ग्राउण्डमा भाजपा नेता राजीप प्रताप रूढीले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘आउने साल देशको स्वतन्त्रता दिवस गोर्खाल्याण्ड राज्यमा मनाउनु हुनेछ’, भन्ने घोषणा गरेका थिए भन्दै, ‘देशले कतिवटा स्वतन्त्रता दिवसहरू मनाई सके, तर आजसम्म          गोर्खाल्याण्ड भएको छैन भन्दै भाजपाको नेताहरू केवल हावा मात्र बोल्न जान्दछ’, उनले भने। उनले अझ भने, ‘यस पटक भाजपाले चार सय पारको कुरा गर्दैछ, तर चार सय पार होइन भाजपाले आफ्नो संकल्प पत्रबाट गोर्खाहरूको मुद्दालाई बाहिर गर्ने काम चाहिं गर्योl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *