दार्जिलिङ फुटबल सोसाईटी र किक स्टार बंगलोरको आयोजनामा दुई दिने फुटबल सेलेक्शन कार्यक्रम सम्पन्न

IMG-20240424-WA0271.jpg

सोनादा: दार्जिलिङ फुटबल सोसाईटी र बंगलोर किक स्टारको संयुक्त पहलमा दार्जिलिङमा मंगलबार र बुधवार नानीहरूलाई लिएर फुटबल सेलेक्शन कार्यक्रमको आयोजना गरिएको छ। उक्त फुटबल सेलेक्शन कार्यक्रम अन्तर्गत बोइस र गर्ल्स गरी जम्मा छवटा क्याटोगरीमा सेलेक्शन गरिएको छ जसमा अण्डर ११, अण्डर १३, अण्डर १५, अण्डर १७, अण्डर १९ र अण्डर २१ वर्षका लागि रहेको थियो। उक्त फुटबल सेलेक्शन कार्यक्रममा दार्जीलिङ पहाड़बाट जम्मा १५६४ जना नानीहरूले भाग लिएका थिए। या सबै नानीहरूको चयन भएको नामको सूची दुई क्षेत्रमा सार्वजनिक गरिने भएको छ। चयन भएका सबैलाई बंगलोर लगेर फाईनल सेलेक्शन गरेर फुटबल प्रशिक्षण दिइने भएको जानकारी प्राप्त भएको छ। उक्त फुटबल सेलेक्शनको कार्यक्रम दार्जिलिङ फुटबल सोसाईटीको पदाधिकारीहरू र किक स्टार बंगलोरका पदाधिकारीहरू मिलेर आयोजना गरेका थिए। यस विषयमा दार्जिलिङ फुटबल सोसाईटीको सचिव लाक्पा शेर्पाले ‘दार्जीलिङमा फुटबलको निम्ति किक स्टार बंगलोरसित मिलेर भविष्यमा पनि कार्य गरिने बताएका छन्। उनले कुनै पनि फुटबल क्लबको नानीहरू यो सेलेक्शनमा भाग लिन चाहे दार्जिलिङ फुटबल सोसाईटीसित सम्पर्क गर्न सक्ने बताएका छन्।

त्यसरी नै किक स्टार बंगलोरको सीईओले दार्जिलिङमा फुटबल खेलको उन्नति र प्रवर्ध्दनको लागु दार्जीलिङ फुटबल सोसाईटीसित मिलेर काम गरिने जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *