दागोपाप थाप्नु हाम्रो ऐतिहासिक भूल: अजय एडवर्ड

IMG-20240424-WA0269.jpg

दार्जीलिङ: दार्जीलिङ गोर्खा पार्वत्य परिषदको साटो हामीले छैटौ अनुसूची थापेको भए आज दार्जीलिङको स्थिति अर्कै भएको हुने थियो भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। ईण्डी गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको पक्षमा कालेबुङको विभिन्न क्षेत्रहरूमा चुनाव प्रचार प्रसार गरिएको छ। चुनाव प्रसार प्रसारको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गोरामुमोतिर ब्यंग्य कस्दै हामीले दार्जीलिङ गोर्खा पार्वत्य परिषदको साटो छैटौं अनुसूची थापेको भए आज दार्जीलिङको स्थिति अर्कै भएको हुने थियो।उनले अझ भने, गत २००५ मा छैटौं अनुसूचीको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता भएको थियो तर हामीले छैटौं अनुसूचीको बारेमा जनतालाई बुझाउन सकेनौं त्यसकारण दार्जीलिङ छैटौं अनुसूचीदेखि टाडिन पुग्यो। उनले अघि भने, हामीलाई संवैधानिक ब्यवस्था चाहिएको हो।अध्यक्ष एडवाडर्सले भने, जीटीएको निर्वाचित सभासद हो तर जीटीएमा केही छैन, खोक्रो छ जसको कारणले गर्दा हाम्रो पार्टीको निर्वाचित सभासदहरूले आफ्नो क्षेत्रमा विकास गर्न सकेको छैन। जीटीए भनेको थोत्रे ब्यवस्था हो। हाम्रो पार्टीको अडान स्पष्ट छ, दार्जीलिङलाई संवैधानिक ब्यवस्था छैटौं अनुसूची दिनुपर्छ। छैटौं अनुसूची भनेको संवैधानिक ब्यवस्था हो। हामी हाम्रो प्रकारले काम गर्न सक्छौं भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उपस्थित भीडलाई वाचा गर्दै अघि भने आगमी १० वर्षभित्रमा हाम्रो देश भारतमा दुईवटा गोर्खा मुख्यमन्त्री हुनेछ एउटा सिक्किम राज्यबाट अनि अर्को दार्जीलिङ कालेबुङ डुवर्सबाट तिनले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *