नयाँ कमानमा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20240424-WA0262.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ कमान बुथ नम्बर २५३ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा मंगलबार साँझ सम्पन्न भएको छ। उक्त चुनावी सभा ग्राम पञ्चायत सदस्य अनिलकुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो नयाँ कमान शाखाको सचिव राजु लामा, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य दावा वाङ्दी लामा, आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले आगामी 26 अप्रेलमा हुने लोकसभा चुनावमा भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन सबैलाई आह्वान् गरेका छन्। वक्ताहरूले गाउँ घरको विकास र उन्नतिको लागि गोपाल लामालाई जिताउन आह्वान् गरेका छन्। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष धिरेन प्रधानले सञ्चालन गरेका थिए। यसै सभामा भागोप्रमो नयाँ कमानको ठूलो गाउँ प्रशाखाको लागि सुरेन तामाङ र मनिता तामाङलाई संयोजक चयन गरिएको जानकारी भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष धिरेन प्रधानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement