क्षेत्रीयता बचाउनलाई गोजमुमोले भाजपालाई समर्थन गरेको हाे: पेम्बा रिम्पोर्छे

IMG-20240424-WA0260.jpg

खरसाङ: यसपालीको भोट देश बनाउने भोट हो र यसपालीको चुनावमा गोजमुमोले क्षेत्रीय पार्टी बचाउनलाई नै भारतीय जनता पार्टीलाई समर्थन गरेको हो भनी गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको अध्यक्ष एंव बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले आफु भाजपाबाट राजीनामा दिएर गाजोमुममा गए पनि यसपालीको भोट देश बनाउने भोट भएकोले आफुले पार्टीको निर्देशन अनुसार राष्ट्रिय पार्टीलाई समर्थन गरेर अघि बढेको अनि यसपालीको भोटमा सबैले भाजपालाई भोट दिएर देश चलाउन र देश बनाउन सहयोग गर्न अपिल गरेका छन्। उनले यो भोट कुनै पार्टीको होइन तर देश बनाउने भोट हो भन्दै यो देशलाई अघि लाने र देश विकास गरेर लाने भोट हो भनी बताएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले यस भोटमा हामी सबै मिलेर राष्ट्रिय पार्टीलाई समर्थन गर्नु पर्ने र यस चुनावमा निर्दलीय प्रार्थीको रुपमा खड़ा हुनु कुनै औचित्य नरहेको पनि बताएका छन्। उनले निर्दलीय प्रार्थीको रुपमा चुनावमा खड़ा भएकाहरूलाई सबै एकै मञ्चमा आएर राष्ट्रिय पार्टीलाई समर्थन गर्नु पर्ने सुझाव राखेका छन्। उनले भाजपा राष्ट्रिय पार्टी हो र यसपालीको चुनावमा भाजपाको टेक नराम्रो छैन भनी बताएका छन्। उनले गोजमुमोको टेक केवल अलग राज्य हो र यसपाली गोजमुमोले क्षेत्रीय पार्टी बचाउनलाई नै भाजपालाई समर्थन गरेको दावी गर्दै गोजमुमोले सत्ताहीन हुँदा पनि क्षेत्रीयता बचाउन काम गरेको र गोजमुमो अध्यक्ष सुवास घिसिङपछिको दोस्रो नेताको नेता हुन् भनी बताएका छन्। बौध्द धर्म गुरु एंव गोजमुमो खरसाङ महकुमा समितिको अध्यक्ष पेम्बा रिम्पोर्छेले यसपालीको लोकसभा चुनावमा निर्दलीय प्रार्थीको रुपमा चुनावमा खड़ा भएका बीपी बजगाई विषयमा बोल्दै भने, ‘बजगाई गोर्खाको छोरा हो भने विधायक पदबाट राजीनामा दिएर लोकसभा चुनावमा उठ्नु पर्ने थियो । यदि उनले विधायक पदबाट राजीनामा दिएर चुनावमा उठेको भए म पनि साथ दिने थिए। बोल्नुभन्दा बेसी काम गरेर देखाउनुपर्छ।’
उनले गोजमुमो खरसाङ महकुमा समितिको अध्यक्ष भएको नाताले आफ्नै तरिकाले भाजपा प्रार्थी राजु विष्टको समर्थनमा चुनाव प्रचार गरिरहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement