चुनावी प्रचारप्रसारको अन्तिम दिन कांग्रेस उम्मेदवार डा. मुनिष तामाङ गरे तीव्र रुपमा प्रचारप्रसार

IMG-20240424-WA0233

सिलगढी: आज बुधबार चुनावी प्रचारको अन्तिम दिन हो। अन्तिम दिन कांग्रेस उम्मेदवार डा. हाम्रो पार्टी, वाममोर्चा र कांग्रेसका उम्मेदवार मुनिष तामाङको समर्थनमा दार्जीलिङबाट शुरु भएको चुनावी प्रचारप्रसारमा मुनिष तामाङले सिंहमारी जोरबाङ्लो र टिस्टा हुँदै कालेबुङ पुगेका हुन्। यसै क्रममा हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले पनि टिस्टाका बाढीपीडितलाई भेटे। यसैबीच आज दिउँसो ४ बजे कालेबुङमा कांग्रेस, वाममोर्चा र हाम्रो पार्टीले मुनिष तामाङको समर्थनमा ठूलो र्‍याली निकाल्यो। उक्त र्‍यालीमा तीनवटै दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *