दानपा र एडवार्डस फाउण्डेशनको आयोजनामा मेडिकल क्याम्प सम्पन्न

IMG_20220806_185439.jpg

दार्जीलिङ: दुई सय भन्दा धेर रोगीहरूले आ आफ्नो रोगको जाँच गराए। दार्जीलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनको संयुक्त आयोजनामा आज शहर को क्यापिटल हलमा मेडिकल क्याम्पको आयोजना गरेको थियो।आयोजित मेडिकल क्याम्पमा नेत्र,गाइनो आदि जस्ता रोगहरूको डाक्टरहरू आएका थिए अनि ती डाक्टरहरूले रोगीहरूको जाँच गरेका थिए। आजको मेडिकल क्याम्पमा सवै भन्दा धेर नेत्र रोगीहरूले नेत्र जाँच गराएको दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले बताए।एक प्रश्नको जवाफमा भाइस चेयरम्यान शेर्पाले स्थानीय मानिसहरू एंव रोगीहरूको असुविधाहरूलाई ध्यानमा राख्दै आगमी दिनहरूमा हुने मेडिकल क्याम्प दुई दिवसीय राखिने विषयमाथि निचित रूपमा विचार गरिनेछ भन्ने तिनले बताए।

दार्जीलिङ नगरपालिका क्षेत्रमा यस्तो प्रकारको मेडिकल क्याम्पहरू निरन्तर रूपमा होस भन्ने आफुहरूको सोच रहेको भाइस चेयरम्यान शेर्पाले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *