कोचबिहार: बुधबार कोचबिहारको शीतलकुचीमा बम फेला परेपछि फेरि सनसनी फैलिएको छ। शीतलकुची ब्लकको पूर्वी शीतलकुची गाउँमा खुटामारा खोलाको किनारमा स्थानीयले बम देखेको बताइएको छ।
त्यसपछि शीतलकुची पुलिस थानालाई खबर गरिएको थियो। खबर पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर ५ सकेट बम बरामद गरेको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।