सिलगढी/कोलकाता: चिटफण्डमा ठगिएका जनताको पैसा फिर्ता गर्न केन्द्र सरकारले कुनै पहल गरेको छैन। त्यसैले चिटफण्ड पीडित र एजेन्ट एकता दार्जिलिङ जिल्लाले ठगिएका जनताको बारेमा सोचेर तृणमूल र भाजपालाई भोट नगर्न अनुरोध गरेको छ। संगठनका उत्तर बंगाल संयोजक पार्थ मैत्रले बुधबार दिउँसो करिब सिलगढी टाउन स्टेशन इलाकाको एक हलमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै यस्तो बताए। सन् २००९ देखि २१ सम्म भएका दुवै निर्वाचनमा चिटफण्ड कम्पनी रोजभ्यालीको सम्पत्ति लिलामी गरी रकम हिनामिना भएको थियो र त्यसको प्रयोग चुनावमा भएको थियो।