शिवम दुबेलाई गांगुलीभन्दा असल बताए कमेण्टेटर सिद्धूले

IMG-20240424-WA0232.jpg

चेन्नई: चेन्नई सुपर किंग्सबाट खेल्दै शिवम दुबेको निम्ति गत दुई सीजन असाधारण रहेको छ। आईपीएल २०२४-मा पनि उनले असाधारण प्रदर्शन गरेर टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान बनाउने दावेदारी पेश गरेका छन्। यसबीच भारतकी पूर्व क्रिकेटर तथा अहिले कमेण्टेटरको भूमिकामा रहने नवजोत सिंह सिद्धूले दुबेको तुलना सौरभ गांगुलीसँग गरेका छन्। भारतका सबैभन्दा सफल कप्तानहरूमा एक गांगुली मैदानमा आफ्नो टाइमिंग र ठूल्ठूलो छक्का लगाउने क्षमताले गर्दा पनि विख्यात थिए। यसबीच सिद्धूको भनाइअनुसार, छक्का लगाउने क्षमताको मामिलामा दुबे अहिले गांगुलीभन्दा पनि असल छन्। सिद्धूले भने, छक्का लगाउने कुरा आउँदा दुबे अहिले गांगुलीभन्दा असल देखिरहेका छन्। दुबेले यस सीजनमा चेन्नई सुपर किंग्सको तर्फबाट सर्वाधिक रन बनाएका छन्। पहिला शर्ट पीच बललाई उनको कमजोरी मानिन्थ्यो तर यस युवा ब्याटरले त्यसमा पनि सुधार गरेका छन्। दुबेले पेस बलरहरूलाई पिटिरहेका छन्। सिद्धूले अझ भने, गांगुलीको छक्का सम्पूर्ण रूपले टाइमिंगसँग सम्बन्धित थियो। अहिले दुबेलाई हेर्नुहोस्। उनले बललाई सीधै स्ट्याण्डमा पठाउन आफ्नो ताकत प्रयोग गरिरहेका छन्। सिद्धू मात्र नभएर यसअघि अन्य एक पूर्व भारतीय क्रिकेटर अम्बाती रायडूले पनि दुबेको प्रशंसा गर्दै उनलाई टी२० वर्ल्ड कपको टीममा स्थान बनाउने प्रबल दावेदार बताएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *