रुपियाँ सँगै हराएको झोला पुलिसको सक्रियता महिलाले पाइन्

IMG-20240424-WA0219

सिलगढी: हराएको झोला र नगद सिलगढी पुलिस आयुक्तालयको प्रधान नगर थानाको पुलिसले बरामद गरी आज असली मालिकलाई हस्तान्तरण गरेको छ। झोला फिर्ता पाएपछि महिला खुशी भइन्। यही महिनाको २२ तारिख रविना खातुन नामकी महिला चम्पासरी जाँदै गर्दा झोला हराएकी थिइन्। सो झोलामा १ लाख ८ हजार नगद, दुई वटा मोबाइल र केही महत्वपूर्ण कागजातहरू थिए। सोही दिन महिलाले प्रधाननगर पुलिस चौकीमा लिखित उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा प्रधाननगर पुलिस थानाको पुलिसले इलाकाका सबै सिसिटिभी क्यामेरा जाँच गरेर एक व्यक्तिबाट उक्त झोला बरामद गर्यो। बुधबार पुलिसले रविना खातुनलाई सामानसहितको झोला दिए। उनले पुलिसलाई धन्यवाद जनाइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *