सामूहिक दुष्कर्मको आरोपमा पाँच जना पक्राउ

Child-Sexual-Abuse-Rep-Image-01

सिलगढी: नक्सलबारी क्षेत्रको एउटा चिया बगानमा एक जना बालिकासित सामूहिक दुष्कर्मको घटना अघि आएको छl  पारिवारिक विवाहमा आएकी एक बालिकामाथि सामूहिक दुष्कर्म भएको समाचार छ। चिया बगान क्षेत्रमा भएको घटनालाई लिएर जनतामा चर्को आक्रोश देखिएको छ। चिया बगानमा बिहेको कार्यक्रममा  बालिका उक्त आफ्ना पारिवारिक विवाहमा सहभागी हुन आएकी थिइन्। बिहेको क्रममा पाँच जना युवकले बालिकालाई चिया बगानको सुनसान ठाउँमा लगेर सामूहिक दुष्कर्म गरेको समाचार छ। पीडित बालिकाले आफ्नी आमालाई सबै कुरा बताएपछि भोलिपल्ट उनकी परिवारले पुलिस थानामा राति उजुरी दिए। उजुरीका आधारमा पुलिसले पाँचै युवकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। पक्राउ परेकाहरु चिया बगानका बासिन्दा रहेको बताइएको छ। पक्राउ परेकाहरूविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसले पक्राउ परेका अभियुक्तलाई हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान गर्ने जानकारी दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *