झापा: पूर्वीनेपाल अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्ज स्थित सिसौ टोलमा आगलागीहुदा १५ घर जलेर नष्ट भएको छ। स्थानीय जियान्दन मेहताको घरमा विधुत सर्ट भएर सल्केको आगोले १५ घर जलेर नष्ट भएको पुलिसले जनाएको छ। मंगलबार दिउँसो मेहताको घरबाट सुरु भएको आगलागीमा रामदेव मेहताको दुई वटा घर सहित स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको सुनसरी पुलिसले जनाएको छ।आगलागीमा स्थानीय महेन्द्र मेहताको १० वर्षीय छोरा सामान्य घाइते भएको र उनको इनरुवा अस्पतालमा उपचार भइरहेको पुलिसले जनाएको छ। आगलागीबाट ५० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो नियन्त्रणमा लिन नेपाल पुलिस, सशस्त्र पुलिस स्थानीय बासी र कोसी, देवानगञ्ज, रामधुनी, इनरुवा तथा इटहरी उपमहानगरपालिको सात वटा दमकल परिचालन गरेको थियो।