झापाको झिलझिलेमा  दुर्घटना, तीन जनाको मृत्यु

IMG-20240424-WA0002-copy

झापा: पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्। विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनाको उपचारका लागि सो अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए। मृतकको साथमा चुरोट, केही नेपाली नगद रुपियाँ फेला परेको पुलिसले जनाएको छ। पुलिसका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए। मृतक तीनै जनाको पहिचान खुल्ने कागजात फेला नपरेको पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *