झापा र इलामका सीमा नाका बन्द

IMG-20240424-WA0004-1

झापा: इलाम र झापाका सीमा नाका आज रातिबाट बन्द भएका छन्। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन अनि छिमेकी राष्ट्र भारतमा यही २६  अप्रेल (वैशाख १४ गते) शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द हुने भएको हो। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार राति १२ बजेबाट नाका बन्द हुनेछ। उनले भने‚ ‘इलाम–२ को उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट सीमा बन्द हुने हो, तर भारतमा २६ अप्रेल (वैशाख १४ गते) निर्वाचन भएकाले  भारततर्फको सीमा बन्द हुनेछ।’ दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बंगालको दार्जीलिङ र बिहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदैछ। सीमा नाका जोडिएका जिल्लामा मतदान हुने भएपछि भारतीय सुरक्षानिकायको आग्रह बमोजिम मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्न लागिएको जनाइएको छ। इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द हुने भएको छ। २६ अप्रेलमा पश्चिम बंगालका दार्जीलिङसहित रायगञ्ज र बालुरघाटमा मतदान हुन लागेको छ। त्यस्तै बिहारको किशनगञ्जसहित पूर्णिया, कटिहार, भागलपुर र बाँकामा मतदान हुन लागेको जनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *