जननेता मदन भण्डारीको जन्म घरको मर्मतमा सम्भार गर्दै युवाहरु

IMG-20240424-WA0006

ताप्लेजुङ (नेपाल): जननेता स्व. मदन भण्डारीको ताप्लेजुङ स्थित जीर्ण घरको मरम्मत शरु भएको छ। अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र राष्ट्रिय युवा संघ नेपालले संयुक्त रूपमा मर्मत सम्भार शुरु गरेका हुन्।भण्डारीको घर जीर्ण भएको र पानी चुहिने भएपछि उनको जन्म घरको मरम्मत सम्भार, सरसफाइ र नयाँ छाना लगाउने काम शुरु गरिएको अनेरास्ववियु  ताप्लेजुङका अध्यक्ष विवेक बानियाले बताए। घरको मरम्मत सम्भार र सरसफाइमा एमाले र एमालेका जन वर्गीय संगठन युवा संघ र अनेरास्ववियुका ३५ जना नेता तथा कार्यकर्ता सहभागी छन्।

३ दिन भित्रमा मर्मत सम्भार र छानो हाली सकिने बानियाले बताए। घरको छानो चुहिने भएकाले छानो पूर्ण रूपमा भत्काएर नयाँ लगाइने भएको छ। यस्तै मक्किएका काठहरू समेत फेरिने हेमराज निरौलाले बताए। स्व० भण्डारीको २७ जुलाई १९५२ (२००९ असार १४ गते) ताप्लेजुङको ढुङ्गेसामुमा जन्म भएको थियो। स्व० भण्डारीको परिवार २०२६ सालमा मोरङ बसाई सरेको थियो। भण्डारीको १६ मई १९९३ (२०५० साल जेठ ३ गते) दासढुङगामा रहस्यमय मृत्यु भयो। भण्डारीको घर मरम्मत सम्भारमा एमाले प्रदेश कमिटी सदस्य टीका सुबेदी, नेकपा एमाले जिल्ला कमिटी सदस्य चित्र वोनेम नेकपा एमाले जिल्ला कमिटी सदस्य विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई,एमाले मैवाखोला पालिका कमिटी सचिव रुपेन्द्र वनेम, युवा संघ नेपालका स्थायी कमिटी सदस्य गोपाल न्यौपाने, अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य नारद गुरागाईँ युवा संघ नेपालका जिल्ला अध्यक्ष मनोज लिम्बू,,अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँ युवा संघ उपाध्यक्ष मानिक तुम्बाहाम्फे अनेरास्ववियु जिल्ला उपाध्यक्ष प्रदीप गुरुङ सहित एमाले नेताहरूको समेत उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *