उत्तर बंगाल विकास मन्त्री उदयन गुहालाई पाँच करोड माग गर्दै केएलओ पत्र

IMG-20240424-WA0193

कोचबिहार: केएलओले उत्तर बंगाल विकास मन्त्री उदयन गुहालाई व्हाट्सएप मार्फत पत्र पठाएर १० दिन भित्र पाँच करोड रुपियाँ दिनुपर्ने माग गरेको छ। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले यस विषयमा जानकारी दिएका छन्l उनले केएलओको लेटर प्याडमा लेखिएको सन्देश ह्वाट्सएपमा आएको बताए। उनले कोचबिहार र दिनहाटा पुलिस स्टेशनका पुलिस अधीक्षकमा उजुरी दिएका छन्l मन्त्री उदयन गुहाले कोचबिहारमा भएको चुनावी हिंसाको लागि भाजपालाई जिम्मेवार ठहराए। उनले भने, ‘यदि भाजपाले हिंसा नगरेको भए चुनाव शान्तिपूर्ण हुने थियो। तृणमूल कांग्रेसका उम्मेदवारहरू पहिलो चरणको सबै तीन लोकसभा सीटहरूमा विजयी हुनेछन्।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *