शिक्षक नियुक्ति मामिलाको फैसलाबारे विधायक शंकर घोषले मागे मुख्यमन्त्रीको  राजीनामा

IMG-20240424-WA0190

सिलगढी: सिलगढीका विधायक शंकर घोषले आज सिलगढी जर्नालिष्ट क्लबमा पत्रकार सम्मेलनमा सबैलाई २६ अप्रेलमा हुने मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे। उनले वाम मोर्चालाई पनि सतर्क गराउँदै भने, ‘कांग्रेससँग हात मिलाएर आफ्नो अस्तित्व समाप्त गर्नु हुँदैन, किनकि यसो गरेर तृणमूलले कांग्रेसलाई समर्थन गरिरहेको छ। कांग्रेसलाई समर्थन गरेर वाममोर्चालाई कुनै फाइदा हुँदैनl‘    विधायक शंकर घोषले उच्च अदालतको निर्णयलाई लिएर तृणमूल सरकारमाथि कडा हमला गरेl उच्च अदालतले भ्रष्टाचारकै कारण प्यानल खारेज गरेको भन्दै २६ हजार शिक्षकले नोकरी गुमाएकाले यसको जिम्मेवार मुख्यमन्त्री रहेको भन्दै उनले पदबाट राजीनामा दिनुपर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *