तलबको माग गर्दै चिया श्रमिकहरुद्वारा आन्दोलन गर्ने चेतावनी

IMG-20240424-WA0186

जलपाईगढी: जलपाईगढी जिल्लाको बानरहाट चिया बगानका श्रमिकहरूले तलबको माग गर्दै आज विरोध प्रदर्शन गरे। बानरहाट चिया बगानका कर्मचारी र उप-कर्मचारीहरू विरोध आन्दोलनमा संलग्न छन्। उनीहरूले भोलिदेखि ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्। करिब दुई सातादेखि कर्मचारी र सह–कर्मचारीले तलब पाएका छैनन्। कारखानाका कर्मचारीले पनि करिब २ महिनादेखि तलब नपाएको आरोप छ  १५ देखि १७ तारीखसम्म तलब पाउने सहमति भएको थियो। तर कार्यान्वयन भने हुनसकेको छैन। कागजमा ११ महिनादेखि पीएफको पैसा काटिए पनि ब्यांक खातामा जम्मा हुन नसकेको आरोप पनि छ। त्यसको विरोधमा बानरहाट चिया बगानका कर्मचारी र उपकर्मचारीले कारखाना प्रबन्धकको कार्यालय अगाडि धर्ना दिएर विरोध प्रदर्शनमा भाग लिएका छन्। तर चिया बगानका पदाधिकारीले भने यस विषयमा मुख खोलेका छैनन्। बानरहाट चिया बगानका श्रमिक आजाद गोस्वामीले बुधबार समस्या समाधान नभए बानरहाट, चुनावटी चिया बगानलगायतका धेरै चिया बगानका श्रमिक हडतालमा जाने चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement