महानदीमा विश्व स्तनपान दिवस सप्ताह पालन गर्दै सचेतना रैली सम्पन्न

IMG-20220806-WA0124.jpg

खरसाङ: विश्व स्तनपान सप्ताहको अवसरमा खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतभित्र पर्ने आँगनबाड़ी केन्द्रहरूको आयोजनामा महानदीमा स्तनपान विषयमा सचेतना रैली सम्पन्न भएको छ। उक्त सचेतना रैली महानदीको माथिल्लो मोटर स्ट्याण्डबाट शुरु भएर महानदी बजार परिक्रमा गरेर तल्लो मोटर स्ट्याण्डसम्म गरिएको छ। प्रत्येक वर्ष अगस्त महिनाको पहिलो सप्ताह १ अगस्तदेखि ७ अगस्तसम्म विश्व स्तनपान दिवसको रूपमा पालन गर्ने गरिन्छ। त्यसैले आज महानदी ग्राम पञ्चायतभित्र पर्ने १२ वटा आँगनबाड़ी केन्द्रका आँगनबाड़ी कर्मीहरू, सहायक कर्मीहरू र सुपर भाइजर निरकला गुरुङको विशेष उपस्थितिमा सम्पन्न गरिएको छ।

महानदी ग्राम पञ्चायतभित्र पर्ने आँगनबाड़ी केन्द्रहरू क्रमैले महानदी बजार, तिरसठ लाइन, घुम्ती चियाबारी, जंगपाना चियाबारी, सिविटार चियाबारी, गिताङ्गे चियाबारी, बाघमारा बस्ती आदि क्षेत्रमा रहेको विभिन्न आँगनबाड़ी केन्द्रहरूको आँगनबाड़ी कर्मीहरू, सहायक कर्मीहरू र सुपर भाइजर उपस्थित भएर विश्व स्तनपान दिवस पालन गरिएको छ। यस अवसरमा सचेतना रैलीपछि महानदी बजारस्थित सार्वजनिक भवनमा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्तनपान विषयमा आमाहरूलाई हुने विभिन्न फाइदाहरू र विश्व स्तनपान दिवस विषयमा जानकारी गराइएको छ। यस विषयमा आँगनबाड़ी कर्मीद्वय अर्चना लामा र सत्य छेत्रीले वक्तव्य राखेका थिए। दुवैले एकजना महिलाले विवाह गरेर गर्भधारण गरेपछि आमाको क्रियाकलाप शुरु हुने र आमाहरूले आफ्नो नानीलाई स्तनपान गराउने र यसको फाइदहरू के के हुन्छ भनी यसको विषयमा दुवैले बताएका थिए। यस अवसरमा पूर्व सुपर भाईजर रमला प्रधान पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *