कोचबिहार: राति तुफानगञ्जमा भाजपा महिला मण्डल मोर्चा नम्बर एकको महासचिवको घरमा हमला आरोप तृणमूलमाथि लगाइएको छ। तर, तृणमूलले भने यस्तो आरोपलाई अस्वीकार गरेको छ। घटना तुफानगञ्ज नम्बर एक ब्लक अन्डारण फुलबारी १ ग्राम पञ्चायत नम्बर ९/१९५ बुथ नयनरेश्वरी क्षेत्रमा भएको हो। भाजपा महिला मोर्चाकी नेतृ रीता रानी दासको नाम रहेको उनको गुनासो छ, गएराति तृणमूल समर्थित विप्लव समूहले उनको घरमा तोडफोड गरी घरको गेट तथा टिनको बार तोडेको आरोप छ। महिला मोर्चाकी महासचिव रीता रानी दासले पुलिसप्रति आक्रोश व्यक्त गर्दै रातिदेखि पटकपटक बोलाए पनि बिहानसम्म नआएको बताइन्। ‘तुफानगञ्ज पुलिस चौकीमा लिखित उजुरी दिनेछ’, उनले भनिन्। यसैबीच, तृणमूल नेताहरूले आरोपहरू अस्वीकार गरेका छन् र यसलाई प्रचारको लागि सुनियोजित षड्यन्त्र भनेका छन्।