कोलकाता: शहीद मीनारमा नोकरीको माग गर्दै विरोध प्रदर्शन भइरहेको छ। उच्च अदालतको आदेशपछि अहिले बेरोजगार बनेका शिक्षकहरुले न्यायको माग गर्दै धरणा शुरु गरेका छन्। नोकरी गुमाएका शिक्षकहरुले न्यायको माग गर्दै शहीद मीनारमा प्रदर्शन गरेका छन्। शिक्षक नियुक्ति भ्रष्टाचार मुद्दामा कोलकाता उच्च अदालतको निर्देशनमा नोकरी गुमाएकाहरूले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै मंगलबार धर्मतल्लास्थित शहीद मीनार नजिक विरोध प्रदर्शन गरे। उनीहरूले आफ्नो काम फिर्ता गर्न सम्भव सबै प्रयास गर्ने भएका छन्। उनीहरूले भने, ‘जसरी हामी अयोग्य व्यक्तिहरूसँग मिसिएका छौं, हामी र परिवारले सामाजिक अपमानको सामना गरिरहेका छौं। पूरै प्यानल नै खारेज गर्नु परेको हो भने सीबीआईले यति वर्ष के गर्यो?’ नियुक्ति भ्रष्टाचार मुद्दाको फैसलामा सोमबार राज्यका २५ हजार ७५३ जनाले नोकरी गुमाएका छन्। त्यस सूचीमा शिक्षक र शिक्षाकर्मी सबै छन्।