सिलगढी: दोस्रो चरणको लोकसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भारत–नेपाल सीमा खोरीबारीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवकको नाम मनोज बराइ (३०) हो, जो धुलाबारी नेपालका हुन्। गएराति एसएसबी ४१ गणका जवानले पानीट्यांकी बजार क्षेत्रमा एक युवकको खोजी गर्दा उनको साथबाट ९२ ग्राम ब्राउन सुगर बरामद भएको हो। पछि एसएसबीले आरोपीलाई खरीबारी पुलिसको जिम्मा लगाएको थियो। अभियुक्तलाई आज सिलगढी डिभिजन अदालतमा पेश गरियो।