जलपाईगुडी: एकातिर निर्वाचनका कारण ठूलो संख्यामा राज्य यातायात निगमका बसहरु चुनावी ड्युटीमा लागेकाले त्यसैगरी निजी बस पनि बन्द हुँदा सर्वसाधारण यात्रुलाई समस्या परेको छ। रातको अँध्यारोमा जलपाईगुडी कदमतला नगरपालिका बजार नजिकैको बस स्ट्यान्डमा कसैले निजी बसमा हमला गरेको आरोप छ। यसको विरोधमा संघले बुधबार जलपाईगुडी-सिलगढी मिनी बसहरू रोकेको छ। बस बन्द हुँदा यात्रुको समस्या निकै बढेको छ।