मैदानको शीतले गर्दा जित्ने म्याच हातबाट उम्किएको बताए रुतुराजले

IMG-20240424-WA0108.jpg

चेन्नई: लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले चेन्नई सुपर किंग्स (सीएसके)-लाई उनीहरूकै होम ग्राउण्डमा पराजित गऱ्यो। एमए चिदाम्बरम स्टेडियम (चेपक)-लाई सीएसके-को अभेद किल्ला मानिन्छ तर आईपीएल २०२५-को ३९औं म्याचमा एलएसजी-ले होम टीमलाई ६ विकेटले पराजित गऱ्यो। म्याचमा एक समय त सीएसके-को जीत तय लागिरहेको थियो तर अलराउण्डर मार्कस स्टोइनिसले रेकर्ड शतक (अविजित १२४)-को साथ एलएसजी-लाई जीत दिलाए। जित्ने म्याच हारेपछि सीएसके-का कप्तान रुतुराज गायकवाड़लाई चरम निराश देखियो अनि उनले यस हारलाई पचाउन गाह्रो पर्ने बताए। उनले भने, म्याच राम्रो रह्यो। लखनऊले ईनिंग्सको अन्ततिर असल प्रदर्शन गऱ्यो। वास्तवमा १३-१४ ओभरसम्म पनि म्याच हाम्रो नियन्त्रणमा थियो र स्टोइनिसले असाधारण ब्याटिंग गरे। म्याचमा शीतको भूमिकाबारे रुतुराजले भने, यसले अवश्यै भूमिका निर्वाह गऱ्यो। मैदानमा भारी मात्रामा शीत परेको थियो अनि यसले हाम्रो स्पिनरहरूलाई खेलबाट बाहिर गऱ्यो। शीत नपरेको भए हामी खेललाई असल तरिकाले नियन्त्रित गर्न सक्ने थियौं अनि यसलाई गहिराईसम्म लैजान सक्ने थियौं तर यो सब खेलको हिस्सा हो अनि यसलाई नियन्त्रणमा राख्न सकिँदैन। हाम्रो ब्याटिंग पनि असरदार रहेन। यसबाहेक एलएसजी-ले असाधारण ब्याटिंग गऱ्यो अनि उनीहरू जीतको हकदार थिए।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नईको टीमले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनायो। ओपनर अजिंक्य रहाणे केवल १ रन बनाएर पहिलो ओभरमै आउट भए पनि कप्तान रुतुराजले शतकीय ईनिंग्सको साथ टीमलाई सम्हाले। रुतुराज आईपीएलमा शतक बनाउने सीएसके-का पहिलो कप्तान हुन्। उनले १२ वटा चौका र तीनवटा छक्काको साथ ६० बलमा अविजित १०८ रन बनाए। डेरिल मिचेल (११) र रविन्द्र जडेजा (१६)-ले अधिक केही गर्न नसके पनि फर्ममा रहने शिवम दुबेले कप्तानलाई भरपूर साथ दिए। रुतुराज र दुबेले मिलेर चौथो विकेटको निम्ति १०४ रनको पार्टनरशीप गरे। दुबेले ७ वटा छक्का र ३ वटा चौकाको साथ २७ बलमा ६६ रन बनाए। एमएस धोनी ४ रनमा अविजित रहे। जवाफमा लखनऊको टीमले ३ बल बाँकी रहँदै ४ विकेटमा २१३ रन बनाएर म्याच जित्यो। दुईजना ओपनर क्विण्टन डी कक (शून्य) र केएल राहुल (१६) ३३ रनमै आउट भएपछि अष्ट्रेलियाई अलराउण्डर स्टोइनिसले मोर्चा सम्हाले। उनले देवदत्त पडिक्कल (१३), निकोलस पूरन (१५ बलमा ३४ रन) र दीपक हूडा (अविजित १७)-सँग उपयोगी पार्टनरशीप गरेर टीमलाई जीत दिलाए। स्टोइनिसले पडिक्कलसँग तेस्रो विकेटको निम्ति ५४, पूरनसँग चौथो विकेटको निम्ति ७० अनि हूडासँग पाँचौं विकेटको निम्ति ५५ रनको अटूट पार्टनरशीप गरेर चेन्नईको चुनौतीलाई किनारा लगाए। स्टोइनिसले ६३ बल खेलेर १३ वटा चौका र ६ वटा छक्काको साथ अविजित १२४ रन बनाए। यसरी पूरनले ३ वटा चौका र २ वटा छक्का लगाए। चेन्नईका बलरहरूमा मथीशा पथिरानाले सर्वाधिक २ विकेट लिए। स्टोइनिसलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *