ईंग्लिश प्रीमियर लीगः चेल्सीलाई पिटेर शीर्ष स्थानलाई मजबूत बनायो आर्सनलले

IMG-20240424-WA0123.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनलले आफ्नो शीर्ष स्थानलाई मजबूत बनायो। मंगलवार राति खेलिएको म्याचमा आर्सनलले चेल्सीलाई ५-०-ले पिट्यो। आर्सनलको यस यादगार जीतले लीग खिताब जित्ने दौड़मा सामेल लिभरपूल र म्यानचेष्टर सिटीमाथि दबाउ सृष्टि गऱ्यो। आर्सनलसँग अहिले लिभरपूलभन्दा ३ अनि म्यानचेष्टर सिटीभन्दा ४ पोइण्ट्स अधिक रहेको छ। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले विशेषगरी दोस्रो हाफमा चेल्सीको डिफेन्सलाई भताभुंगै पाऱ्यो। लिएण्ड्रो ट्रोसार्डले होम टीमलाई चौथो मिनटमै बढ़त दिलाए। पहिलो हाफको रहल समयमा थप गोल हुन नसके पनि दोस्रो हाफको खेलमा आर्सनलले गोलको वर्षा गऱ्यो। मध्यान्तरपछि बेन व्हाइट र काई हावेर्त्जले २-२ गोल गरे। यसमा व्हाइटले ५२औं र ७०औं मिनटमा गोल गरे। यसरी हावेर्त्जले ५७औं र ६५औं मिनटमा गोल गरे। यस जीतपछि आर्सनल ३४ वटा म्याचमा ७७ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी नवौं स्थानमा रहने चेल्सीसँग ३२ वटा म्याचमा ४७ पोइण्ट्स रहेको छ। प्रीमियर लीगको जारी सीजनमा एघाह्रौंपल्ट हारको सम्मुखीन हुने चेल्सीका प्रशिक्षक मौरिसियो पोचेटिनोले चाँड़ै पद गुमाउने लगभग तय रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *