म्याच जिताउने शतकको साथ नयाँ रेकर्ड बनाए मार्कस स्टोइनिसले

IMG-20240424-WA0145.jpg

चेन्नई: आईपीएल २०२४-को शुरुदेखि नै लखनऊ सुपर जाइण्ट्सका स्टार अलराउण्डर मार्कस स्टोइनिस आफ्नो सर्वश्रेष्ठ फर्ममा देखिएका थिएनन्। उनले पहिलो ७ वटा म्याचमा १०१-को स्ट्राईक रेटले केवल ५६ रन बनाएका थिए तर मंगलवार राति चेन्नई सुपर किंग्स विरुद्ध चेपकको मैदानमा उनलाई अलग रूपमा देखियो। अष्ट्रेलियाई क्रिकेटरले ६३ बलमा अविजित १२४ रन बनाएर आफ्नो टीमलाई यादगार जीत दिलाए। यो उनको ८ सालपछि आईपीएलमा पहिलो शतक पनि हो। स्टोइनिसले २०१६-मा आईपीएलमा पदार्पण गरेका थिए। मंगलवार खेलिएको म्याचमा चेन्नईका कप्तान रुतुराज गायकवाड़ले पनि अविजित १०८ रन बनाए तर स्टोइनिसको म्याच जिताउने शतकले अन्तमा सबैको मन जित्यो। म्याच जित्न लखनऊलाई अन्तिम ४ ओभरमा ५४ रनको आवश्यकता थियो अनि स्टोइनिसले निकोलस पूरन र दीपक हूडासँग मिलेर टीमलाई रोमाञ्चक जीत दिलाए। स्टोइनिसले बनाएको अविजित १२४ रन आईपीएलमा लक्ष्यलाई सफलतापूर्वक हासिल गरेको मामिलामा सर्वाधिक स्कोर हो। यसअघि यो रेकर्ड पल वल्थाटीको नाममा रहेको थियो, जसले २०११-मा पञ्जाबबाट खेल्दै चेन्नई विरुद्ध नै अविजित १२० रन बनाएका थिए। यस सूचीमा वीरेन्द्र सहवाग र सञ्जु सेमसन संयुक्त रूपले तेस्रो स्थानमा छन्। यी दुईले क्रमशः डेक्कन चार्जर्स र पञ्जाब विरुद्ध ११९-११९ रन बनाएका थिए। यसरी चेन्नईबाट खेल्दै शेन वाट्सनले २०१८-मा सनराइजर्स हैजराबाद विरुद्ध अविजित ११७ रन बनाएका थिए। यसरी आईपीएलमा लखनऊ सुपर जाइण्ट्सबाट सर्वाधिक स्कोर बनाउनेहरूका सूचीमा पनि स्टोइनिस दोस्रो स्थानमा पुगेका छन्।यस सूचीमा क्विण्टन डी कक शीर्षमा छन्, जसले २०२२-मा कलकत्ता नाइट राइडर्स विरुद्ध अविजित १४० रन बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *